arrow

३ वर्षे बालिकामाथि करणी, १३ वर्षे बालक पक्राउ

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
child-rape.jpg

गाईघाट । जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ । 

घरमा अभिभावक नभएको मौका छोपेर तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

बालिका चिच्याएपछि छिमेकीले थाहा पाएर बालकलाई रंगेहात पक्राउ गरी प्रहरीमा बुझाएका थिए । 

बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच र उपचार भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ