arrow

बागलुङमा कम्युनिष्ट गठबन्धनले गर्यो बुथ कब्जा 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
baglung_district.png

बागलुङ । बागलुङमा कम्युनिष्ट गठबन्धनले बुथ कब्जा गरेको छ । 

ताराखोला, भातखाने डाँडाँ लगायतका मतदान केन्द्रमा कम्युनिष्ट गठबन्धनले मतदातालाई तानेर लैजाने अनि आफ्नो चिन्हमा मत हाल्न लगाएका छन् । 

बुथै कब्जा हुँदासमेत त्यहाँ प्रतिकार गर्ने अवस्था नरहेको बताइएको छ । 

यद्यपि मतदान अधिकृतले भने मतदान शान्तिपुर्ण रुपले भइरहेको बताएका छन् । 

मतदान केन्द्रनै कब्जा गर्ने मनासायले अर्गलको भातखाने डाडा केन्द्रमा गठवन्धनले एकलौटी गरेको हो । 

बुथको सुरक्षा लागि थप सुरक्षा फोर्स माग गरिएको नेपाली काँग्रेसको तर्फवाट प्रदेश उमेदवार मञ्जेशवंम मल्लले जानकारी दिए । 

कम्युनिष्ट गठवन्धनका उमेदवारले काँग्रेसका एजेन्टहरुलाई समेत धम्की दिएको मल्लले बताए ।

यसअघि पनि बागलुङमा कम्युनिष्ट गठबन्धनले आचार संहिता उल्लंघन गरेको, मतदाता धम्क्याएको लगायतका गतिविधि गर्दै आएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ