arrow

रुकुमको काँडामा विप्लव कार्यकर्ताले मतपेटिका जलाए, मतदान स्थगित

२१ गते मात्रै मतदान हुने

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
Rukum_District.png

रुकुम । रुकुमको काँडास्थित रन्न आधारभूत विद्यालय क मतदान केन्द्रमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले मतपेटिका जलाइदिएपछि मतदान स्थगित भएको छ ।

मतदान पुनः नियमिति गर्न भनि बसेको सर्वदलीय बैठकले स्थगित मतदान अब २१ गते मात्रै गर्ने निर्णय गरेको छ । नेकपाका कार्यकर्ताले क मतदान केन्द्रको एउटा मतपेटिका जलाइदिए ।

मतपेटिका जलाउने कार्यमा संलग्न ३ जना पक्राउ परेको पत्रकार कृष्ण गौतमले जानकारी दिएका छन् । मतपेटिका जलाएपछि त्यहाँ तनाव उत्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ