arrow

आइसीसी महिला टि–ट्वेन्टी छनोट : ग्लोबल छनोटमा पर्ने सपना चक्नाचुर

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
nepal_women_team.JPG

काठमाडौं । आइसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पर्ने नेपालको सपना चक्नाचुर भएको छ । नेपालले अन्तिम खेलमा चीनलाई हराए पनि अघिल्लो चरण प्रवेशको ढोका खुल्न सकेन ।

युएईले नेपालको सम्भावनाको ढोका नै बन्द गरिदियो । संयुक्त अरब इमिरेट्स युएईले मलेसियालाई ३४ रनले हराएसँगै नेपालको ग्लोबल छनोट खेल्ने सम्भावनाको ढोका बन्द भएको हो ।

प्रतियोगिताको शीर्ष २ स्थानमा रहने ग्लोबल छनोट खेल्न पाउने प्रावधान छ । नेपाल अघिल्लो चरण प्रवेश गर्न युएई पराजित हुनुपर्ने थियो । नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई ५० रनले हराएको छ । यद्यपि, नेपालको अघिल्लो चरण हङकङ र युएईको हातमा थियो ।

अन्तिम खेलमा १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अल आउट गर्दै नेपाल विजयी भएको हो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ र करुणा भण्डारीले एक विकेट लिए ।

बैंककमा पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । चीनका हान लीले १५ र सी जोउले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंक जाेड्न सकेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ