arrow

रुकुममा ६६ प्रतिशत मत खस्यो

logo
प्रविर ददेल,
प्रकाशित २०७४ मंसिर १० आइतबार
election.JPG

रुकुम ।  प्रदेशसभा र प्रतिनिधी सभा निवार्चनमा पश्चिम रुकुममा ६६ प्रतिसत मत खसेको छ । पश्चिम रुकुमका ३ गाउँपालिका र ३ नगरपालिकामा रहेका जम्मा ८४ हजार ३२ मतदाता मध्ये ५५ हजार ६ सय ४५ मत खसेको जिल्ला  निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन अधिकृत कमलमणी देवकोटाका अनुसार– पश्चिम रुकुममा झण्डै ६६ दशमलव १०  प्रतिसत मत खसेको जनाएका छन् । स्थानीय तह निर्वाचनमा झण्डै ७५ प्रतिसत मत खसेकोमा यसपटक ९ प्रतिसत कम मत खसेको हो । विशेषगरी चुनावी विरोधी गतिविधी बढ्नुको कारण रुकुममा स्थानीय तहको निर्वाचन भन्दा कम मत खसेको स्थानीयले बताएका छन् ।

विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले रुकुम जिल्लामा चुनावी विरोधी गतिविधी तिव्र बनाएको थियो । भने पटक पटक आश्वासन वाड्ने र कार्यान्वयन नगर्ने कारणले भने चुनावप्रति स्थानीयको  र  चुनावी प्रति जनताको वितृष्णा जागेको स्थानीयले बताएका छन् । त्यस्तै पूर्वी रुकुममा ६५ प्रतिसत मत खसेको जनाएको छ ।

 जिल्ला निर्वाचन अधिकृत पूर्वका राजेन्द्र प्रसाद पोखरेलका अनुसार २७ हजार ९ सय २८ मतदाता रहेको पूर्वी रुकुममा  १८ हजार ३९ मत खसेको छ ।

पश्चिम र पूर्वी  रुकुमका गाउँ गाउँबाट मतपेटीका जिल्ला सदरमुकाम ल्याउने तयारी भएको छ । पूर्वी रुकुमको दुर्गम गाउँबाट हेलिकप्टेर मतपेटीका ढुवानी गर्ने तयारी भएपनि सम्भव नभएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिएका छन् । गाउँ गाउँमा मतपेटीहरु उच्च सुरक्षाको बीचमा राखिएको जनाएको छ । यता पश्चिम रुकुमका गाउँ गाउँबाट मतपेटीका जिल्ला सदरमुकाम मुसिकोट ल्याउने काम जारी रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।

दुई बुथकेन्द्रमा स्थगित
रुकुमका दुई बुथकेन्द्रमा निर्वाचन स्थगित भएको छ ।   पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा ‘क’र आठविसकोट नगरपालिका ११ स्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय गत्तासैना ‘ख’मतदान निर्वाचन स्थगित भएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले  मतपेटिकामा आगो लगाएको कारण मतदान स्थगित गरिएको हो ।  

मतपेटीका सहित मतपत्र जलेपछि दुवै स्थानमा मतदान स्थगित भएको मुख्य निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।  बाफीकोट स्थित रन्त मा.वि.मा झण्डै २ सय ५० मत खसिसकेको अवस्थामा प्रतिनिधीसभा निर्वाचनको प्रत्यक्ष तर्फको मतपेटिका पुर्ण रुपमा जलेको छ । घटनास्थलमा प्रहरी पुग्दा करिब ९० प्रतिशत मतपत्र जलेको अवस्थामा भेटिएको थियो । उता आठविसकोट नगरपालिकामा ३ सय ३ नष्ट भएको   जिल्ला निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।

सो घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिरहेको छ । त्यस्तै रुकुमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीको हिमालय मावि मतदान केन्द्रमा एसिड राख्न गएकी एक महिलालाई पक्राउ परेकी छिन् ।

एसिड बोकेर मतदान स्थलतर्फ गएकी स्थानीय २६ वर्षीया रुपा कामीलाई  पक्राउ गरेको हो । पक्राउ परेकी रुपामाथि अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

पाँच वटा बम विष्फोट
आईतबार बिहान  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका –७, मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखा मतदानस्थल र वडा नम्बर –८, बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्र नजिकै बम विस्फोट भएको थियो  । चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचवटा बम विष्फोट गराइएकोे स्थानीयबासिन्दाले जनाएका छन् । मतदान केन्द्र भन्दा टाढा रहेकाले कुनै क्षती पुगेको छैन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ