arrow

पाल्पामा बाम गठबन्धनलाई सकस

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
palpa.JPG

पाल्पा । एमालेले आफ्नो लाल किल्ला भएको बताउने गाँउमा एमाले र माओवादी केन्द्र पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ । विगतमा बामगठबन्धनले आफ्नो गाँउमा विकास निर्माणका कार्यमा भन्दा हाल सम्म झुट र भ्रमको खेती गरेका कारण बामगठबन्धन छाडेर विना शर्त नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

पटक पटक नेकपा एमाले र माओवादी केन्द्रले आफुहरु माथी भ्रमको खेती गरेका कारण रिब्दीकोट गाँउपालिकाको ख्याहा, वगनासकाली गाँउपालिकाको बराङ्गदी , रैनादेवी गाँउपालिकाको जुठापौवाबाट सयौँ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरि प्रसाद नेपालले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुलाई पार्टीले अभिभावकको भूमिका निर्वाह गर्दै विकास र निर्माणका कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

 क्षेत्र नम्वर २ मा मात्र एक सय भन्दा बढी माओवादी , नेकपा एमादले पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । प्रवेशी हरुलाई स्वागत गर्दै पार्टीका जिल्ला सभापति विर बहादुर रानाले नेपाली काँग्रेसले कहिल्यै विभेद नगर्ने र जनताको पार्टी भएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले न्याय र समतामूलक समाजको निर्माणका लागि नेपाली काँग्रेस सदैव लड्दै आएकोले नेपाली काँग्रेस प्रति जनताको आकर्षण रहेको बताए ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ