arrow

अधिनायकवाद ल्याउन बाम गठबन्धन : उपप्रधानमन्त्री

समृद्ध स्याङ्जा बनाउन मेरो उम्मेदवारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
gopalman.JPG

स्याङ्जा । नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले मुलुकमा अधिनायकवाद ल्याउन बाम गठबन्धन भएको आरोप लगाएका छन् । स्याङ्जा क्षेत्र नं. २ को प्रदेश १ को नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठले विश्वबाट लोभ भइसकेको कम्युनिष्ट अव नेपालबाट सकिने बताएका हुन् ।

 मुलुकलाई उत्तर कोरिया बनाउन नसकिने बताउदै मन्त्री श्रेष्ठले लोकतान्त्रिक शक्तिको पक्षमा लाग्न सबैलाई आग्रह गरेका छन् । लोकतन्त्रलाई मजबुद बनाउन लोकतान्त्रिक शक्तिको विजयी आवश्यक रहेको भन्दै स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभाका उमेदवार समेत रहेका श्रेष्ठले लोकतन्त्रलाई धरासायी बनाउन बामशक्ति एकजुट हुन थालेको बताए ।

सरकार पहिलो चरणको निर्वाचन गर्न सफल भएको बताउदै मन्त्री श्रेष्ठले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । निर्वाचनमा ढुक्क सगँ मतदान गर्न पनि श्रेष्ठले आग्रह गरे । शिक्षा नीतिमा आमुल परिवर्तन गर्नुपर्ने बताउदै शिक्षा मन्त्री श्रेष्ठले हरेक युवायुवती बेरोजगार नबन्ने व्यवसायीक शिक्षाको खाँचो रहेको औल्याए । सबैको साझा पाटी नेपाली काँग्रेस भएको उदाहरण दिदै सबै जातजाती, धर्म संस्कार र मुलुक समृद्ध बनाउने मुलुकको एक मात्र पाटी काँग्रेस भएको दावी गरे ।

महिलाहरु राष्ट्रको खम्वा भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीयतहको निर्वाचनमा महिलालाई प्रमुख वा उपप्रमुखमा पुर्‍याउने काम काँग्रेसले गरेको बताए । स्याङ्जालाई आर्थिक, भौतिक रुपले समृद्ध बनाउन मेरो उमेदवारी भएको मन्त्री श्रेष्ठले बताए ।

कार्तिकको २४ गतेबाट मन्त्री श्रेष्ठ चुनावी सभा र घरदैलोमा व्यस्त रहेका छन् । कार्यक्रममा प्रदेश १ का उमेदवार विष्णुप्रसाद पौडेल, समानुपातिक उमेदवार सरस्वती तिवारी, लिलबहादुर रनपाल, महिला संघ जिल्ला अध्यक्ष तथा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, नगर अध्यक्ष सावित्री पौडेल र सचिव शान्ता थापा लगायतका बक्ताहरुले लोकतान्त्रिक शक्तिलाई विजयी बनाउन सबै महिलाहरुलाई आग्रह गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ