arrow

१ करोड बैंक ग्यारेन्टी राखेर तारेखमा छुटे चुडामणि

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
chudamani_sharma.JPG

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राखेर तारेखमा छुटेका छन् ।

विशेष अदालतले शर्मासँग १ करोड रुपैयाँ धरौटी मागेको थियो । थुनछेक बयानका लागि निलम्बित महानिर्देशक शर्मा मंगलबार विशेष अदालतमा हाजिर  भए ।

शर्माले अदालत पुगेर बयान दिएपछि तारेखमा छोडिएको हो । अदालतले जमानी मागेको एक करोड रुपैयाँ शर्माले नेपाल ईन्भेस्टमेन्ट बैंकबाट ग्यारेन्टी गराए ।

गत जेठ १९ गते शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।  अख्तियारले गैर कानुनी रुपमा आफूलाई नियन्त्रणमा लिएको भन्दै शर्माकी पत्नीकातर्फबाट बन्दी प्रत्यक्षीकरण निवेदन परेको थियो ।

निवेदनमा कर फर्छ्यौट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिरसहित मुद्दाको औचित्य नभएको दावी गरिएको थियो ।

अख्तियारले अर्बौ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाई केही महीना अघि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ