arrow

सेनाको गाडी पल्टियो, घाइते १४ मध्ये दुई गम्भीर 

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
accident-final.jpeg

अछाम । नेपाली सेनाको गाडी साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् । 

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । 

गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ । 

घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ