arrow

माओवादी केन्द्रका पुर्व अध्यक्ष सहित दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश

बाम गठबन्धन विजयी भएमा देशमा साम्यवाद हावी हुने : ढुंगाना

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
dhungana_1.jpg

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं. १ नेपाली कांग्रेसका प्रतिनीधि सभा सदस्यका लागि उम्मेदवार आनन्द प्रसाद ढुंगानाले यस पटकको निर्वाचन जनमत संग्रह भएकोले नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् । उनले बाम गठबन्धन विजयी भएमा देशमा साम्यवाद हावी हुने बताएका छन् ।
 
प्रजातन्त्रमा जनताले आफ्नो कुरा आफै राख्न पाउने भएकोले प्रजातन्त्र बचाउ अभियानमा लागेकोले काँग्रेसको रुख छापमा मतदान गर्न सबैसँग आग्रह गरे । नेकपा एमाले र माओवादीले आपसी गठजोर गरेर प्रजातन्त्रलाई धरापमा पार्न षडयन्त्रपूर्वक बामगठबन्धन बनाएको उनले आरोप लगाउदै त्यस्ता गठबन्धनलाई निर्वाचन मार्फत काँग्रेसमा मतदान गरेर विफल पार्नुपर्ने बताए ।

 निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको मिथिलेश्वर, निकास , ललिया , खत्वेटोलको जनतासंग कांग्रेसलाई विजयी बनाउन आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्र ललिया गाविसका पुर्व अध्यक्ष रामपदार्थ मंडल (जनकपुरिया) , मिथिलाबिहारी नगरपालिकाका उपमेयरका प्रत्यासी सुशिलादेवी मंडल लगायत दर्जनौं व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ