arrow

भगवतीले विश्व कुराँस च्याम्पियनसिपमा भाग लिने 

logo
आदर्श केसी 
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
121.jpg

काठमाडौं । नेपाली कराँस खेलको स्थापना कालदेखि सक्रिय रहेकी राष्टि«य खेलाडी भगवती माझी कुराँस विश्व च्याम्पियनसिप २०१७ का लागि छानिएकी छिन् । 

विगत केही समयदेखि सघको पदाधिकारीसंगको असम्झदारीले गर्दा उनलार्इ संघको गतिविधिमा सामेल गराइएको थिएन।

खेलाडी माझीको खेलप्रतिको सक्रिय चाहना एवं दक्षताका कारण कुराँस संघले  विश्व च्याम्पियनसिपमा सहभागीता जनाउन लागेको संघका अध्यक्ष दानसिङ घिसिङले जानकारी दिए । 

टर्किको इस्तामबुलमा यहि डिसेम्बर १ देखि ४ सम्म संचालन हुने प्रतियोगितामा माझीले परिपक्वताका साथ आफनो खेल प्रस्तुत गर्ने आशा लिएको पनि अध्यक्ष घिसिङले बताए । 

यसअघि माझीले एसियाली  ओलम्पिक काउन्सिल द्वारा आयोजित पाँचौ एसियायी बीच गेम्समा सहभागीता जनाएकी थिइन् । 

उनको बिहिबार विदाई गरिएको छ । 

माझी ५२केजी समुहमा स्तानबुलको हसाना डोगना स्पोर्ट्स हलमा उत्रिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ