arrow

कम्युनिस्ट सत्ता स्थापित गर्ने मनसायबाट गठबन्धन भएको हो : नेता बडु

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ मंसिर १६ शनिबार
dilendra_badhu1.jpg

पुनर्वास,कञ्चनपुर । कम्युनिस्ट सत्ता स्थापित गर्न एमाले र माओवादी केन्द्रले बाम गठबन्धनको मनसाय बनाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता दिलेन्द्र प्रसाद बडुले शुक्रवार कञ्चनपुरको पुनर्वासमा आयोजित चुनावी सभामा बताएका छन् । पुनर्वासको मोतिबस्तीमा आयोजित चुनावी सभामा बोल्दै नेता बडुले भने"१० वर्ष लगाएर बनाएको सम्बिधान बदलेर अधिनायकवाद लाद्न र मुलुकमा कम्युनिस्ट सत्ता स्थापित गर्ने मनसायले बाम गठबन्धन गरिएको हो ।" 

मुलुकमा हुँदै गरेको यो चुनाव चानचुने होईन संघिय लोकतान्त्रिक राज्य ब्यबस्था स्थापित गर्ने चुनाव हो । नेता बडुले भने " समाबेशी बिकासको ब्यबस्था स्थापित गराउने अनि हिमाल पहाड र तराई लाई समाबेशी बिकासको माध्यमबाट एक आपसमा जोड्ने कडि हो । तसर्थ यो हुँदै गरेको चुनाव मुलुकका निम्ति ऐतिहासिक चुनाव हो ।" नेपाली काँग्रेसले पुनर्वासको मोतिबस्तीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस नेता बडुले भने " स्थानिय निकायको चुनावमा २ नम्बर प्रदेशबाट बढारिन पुगे पछि नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष तहका नेताहरुले प्रदेश र प्रतिनिधि सभाको चुनावमा देशभरी बढारिने भयले बाम गठबन्धन गरिएको हो ।" 

सोही प्रसंगमा बोल्दै नेता बडुले भने तलका कुनै नेताहरु संग राय,सुझाव नलिई हठात गरिएको गठबन्धन बाट बामपंथी कार्यकर्ता सन्तुष्ट छैनन् । शिर्ष तहका बामपंथी नेताहरुको यो कामबाट रुष्ट कार्यकर्ताहरु काँग्रेस रोज्दैछन ।" उनले भने " तसर्थ यो चुनाव सामान्य होइन अराजकता अन्त्य गर्न काँग्रेसले जित्नै पर्ने हुन्छ । नेता बडुले बिगत कोट्याउदै भने " केपि जि सरकारमा हुँदा मधेसमा आगो लगाए राजनैतिक अस्थिरता बढाए । "  उनले भने " शान्ती र स्थिरताको बाटो काँग्रेसले खोजेको छ । 

राजनैतिक स्थायित्व स्थापित गराउन मुलुकमा काँग्रेसको जित आबश्यक छ । " अर्को प्रसंगमा बोल्दै नेता बडुले भने " देशको आर्थिक समृद्धिका लागि भारत ,चीन र पश्चिमी देश संगको सम्बन्ध सुधार्न जरुरी छ । पानी र बिजुली बाट मुलुकले खर्बौं कमाउन सक्छ । काँग्रेस हारे यो सपना हार्न सक्छ  तपाईले काँग्रेसलाई जिताउनुस समुचित र समाबेशी बिकासको खाका काँग्रेस संग छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ