arrow

गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
gauchan.png

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् कुमार गौचन हत्याका मुख्य योजनाकार भनिएका समिरमानसिंह बस्नेतलार्इ पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले उनलाई भारतबाट पक्राउ गरेका हुन्। उनलार्इ पक्राउ गरिएको बारे प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक जानकारी दिने भएको छ। 

गत असोज २३ गते काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएका गौचनको हत्यामा संलग्न रहेको आरोपमा यस अघि पनि ७ जनालार्इ पक्राउ गरिसकेको प्रहरीले अहिले मुख्य योजनाकारलार्इ नै पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ