arrow

नेपाल दक्षिण एशियाकै राजधानी

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
नेपाल-दक्षिण-एशियाकै-पर्यटनको-राजधानी-बन्न-सक्छ.jpg.jpeg
काठमाडौं। नेपालको पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि नेपाल र बङ्गलादेशबीचको व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिइएको छ । प्राकृतिक सौन्दर्यता, भू्–धरातलीयस्वरुप र हावापानीका कारण नेपाल दक्षिण एशियाकै पर्यटनको राजधानी बन्नसक्ने भन्दै सरोकारवालाले त्यसको भरपुर उपयोग गर्न आवश्यक रणनीतिको खाँचोसमेत औँल्याए । 
 
नेपाल–बङ्गलादेशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपालस्थित बङ्गलादेशी राजदूतावास र एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सको संयुक्त आयोजनामा अन्नपूर्ण होटलमा चलिरहेको दुईदिने गोष्ठीमा बोल्ने वक्ताले सो धारणा राखेका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल दक्षिण एसियाको पर्यटनको राजधानी बन्न सक्ने बताए । 
 
अझै पनि धेरै पर्यटन गन्तव्यका ठाउँ भएको र उदार विदेशनीतिका कारण नेपाल उत्कृष्ट गन्तव्य हुनसक्ने उल्लेख गर्दै उहाँले प्राकृतिक सुन्दरता, हावापानी र नेपालीको आतिथ्यताका कारण पनि नेपाल विश्व पर्यटनको आकर्षण बनेको बताए  ।जोशीले नेपालमा ७० भन्दा बढी मुलुकबाट पर्यटक आउने भएकाले पर्यटन आर्थिक समृद्धिको मुख्य आधार भएको तथा नेपाल र बङ्गलादेशबीच संयुक्त भ्रमण प्याकेजका रुपमा अगाडि बढाउनसके दुई देशमा उल्लेख्य रुपमा पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।
 
कार्यक्रममा बङ्गलादेश पर्यटन सञ्चालन सङ्घका अध्यक्ष प्रोफेसर डा अकबरुद्दिन अहमदले नेपालसँग धेरै अघिदेखि गहिरो सम्बन्ध रहेको बताउँदै सार्कको सदस्यका नाताले पनि सहकार्य गर्न चाहिरहेको बताए । बङ्गलादेशका सबै सहर हवाइमार्ग र रेलमार्गबाट जोडिएका र पर्यटन व्यवसायका लागि सुविधासम्पन्न होटल पर्याप्त रहेको बताउँदै त्यसबाट नेपालको पर्यटन बजारले केही हिस्सा लिनसके आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । 
 
पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले नेपाल प्राकृतिक सम्पदाको खानी भएकाले पर्यटनलाई उद्योगका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति रागिनी उपाध्यायले कला पनि व्यापार र पर्यटनको आधार बन्नसक्ने औँल्याउँदै बङ्गलादेशी सारी नेपालमा तथा नेपाली लोक्ताको कागजले बङ्गलादेशको बजारमा राम्रो स्थान लिनसक्नेसमेत बताए । शुक्रबार उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गरेका उक्त गोष्ठीको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले गरेका थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ