arrow

उम्मेदवारसँग कञ्चनपुरबासीको माग : सडक कालोपत्रे, खानेपानी र सीमा सुरक्षा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
ramesh_lekhak1.jpg

कञ्चनपुर। संविधान कार्यन्वयनका लागि स्थानीय निकायको निर्वाचन सफल भईसकेपछि प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन आउँन २ दिन मात्रै बाँकी रहदा कञ्चनपुरका उम्मेदवारले मतदाता फकाउन अन्तिम प्रयास गरिरहेका छन् । घरदैलोमा केन्द्रित कार्यक्रम गर्न थालेका दलहरु सोमबार रातीदेखि मौन अवधि शुरु हुनेभएपछि मतदाता फकाउन अन्तिम प्रयासमा जुटेका हुन् ।

यहाँ स्थित प्रमुख राजनैतिक दलहरु नेपाली काँग्रेस, बाम गठबन्धनका सहयात्री दल नेकपा माओवादी र एमाले, तथा राष्टिूय जनमोर्चा, लगायत स्वतन्त्रका उम्मेदवारले मतदाता रिझाउन गाँउ टोलमा खटिएका छन् । उम्मेदवारले आ–आफ्नो दल र स्थानीय एजेण्डा लिएर जनतासँग मत मागिरहेका छन् । निर्वाचन क्षेत्र अनुसार मतदाताले उम्मेदवार सामु फरक फरक माग अघि सारेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले सीमा सुरक्षा, सडक सुधार, दुर संचार र खानेपानीका रोजगारीमा जोड दिएका छन् । भने निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले आरक्ष पीडितको पुर्नस्थापना, छेला औद्योगिक क्षेत्रको विस्तार, चुरे संरक्षण, रोजगारी, सडक शिक्षामा जोड दिएका छन् । 

निर्वाचन क्षेत्र नम्बर ३ मा सुक्का बन्दरगाह निर्माण, महाकालीमा पुल, सीमा सुरक्षा, सिँचाई पर्यटनको माग अघि सारेका छन् । वाम गठनबन्धन कञ्चनपुरका नेता एव निर्वाचन क्षेत्र नम्बर ३ (ख) प्रदेश सभाका संयोजक कृष्णदत्त जोशी बोक्सरले निर्वाचन क्षेत्र नम्बर ३ मा वामका उम्मेदवारले घरदैलो, कोण सभा गरिरहेको बताए । उनका अनुसार यस निर्वाचन क्षेत्रका महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका सबै वडाहरु बस्ती, टोलमा घरदैलो गरेका छन् । 

नेपाली काँग्रेस कञ्चनपुरका कोषाध्यक्ष शंकर बहादुर चन्दले काँग्रेले ३ निर्वाचन क्षेत्र र ६ प्रदेशका विभिन्न बस्तीमा जनतासंग भेटघाट गर्दै भोट मागिरहेको बताए । विगतमा काँग्रेसले गरेका काम र अझै पनि विकास गर्ने काँग्रेसका उम्मेदवारले आवश्वासन दिईरहेको बताए । कञ्चनपुरमा वाम र काँग्रेसका उम्मेदवार विच प्रतिनिधी र प्रदेश दुवै सभा तर्फ प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा वामका उम्मेदवार विना मगर र काँग्रेसका उम्मेदवार दिवान सिह विष्ट विच प्रतिस्पर्धा हुने देखिएको छ ।

 ०७० मा सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा काँग्रेसका उम्मेदवार विष्ट, माओवादी केन्द्रका बिना मगर र एमालेका लाल बहादुर विक विच त्रिपक्षिय प्रतिस्पर्धा भएको थियो । जसमा काँग्रेस उम्मेदवार विजयी भएका थिए । निर्वाचन क्षेत्र नम्बर १ मा जितेका र हारेका उम्मेदवार विच पुनः प्रतिस्पर्धा हुने देखिएको छ ।  भने निर्वाचन क्षेत्र नम्बर १ (क) तर्फ काँग्रेसका गोपाल गुरुङ्ग,  वामका तारालामा तामाङ्ग,  र (ख)मा काँग्रेसका रामलाल राना र वामका कुलविर चौधरी विच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा वाम प्रतिनिधी सभा सदस्यका उम्मेदवार नर बहादुर धामी र काँग्रेसका उम्मेदवार एनपी साउद विच प्रतिस्पर्धा हुने देखिएको छ । 

०७० मा सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा काँग्रेसका उम्मेदवार साउद माओवादी केन्द्रका अमिन दहित र एमालेका तारालामा तामाङ्ग लडेका थिए । काँग्रेसका साउदले उतीबेला जितेका थिए । अहिले यस निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसका निर्वाचित र एमालेका पराजित नर बहादुर धामी विच कडा टक्कर हुने देखिएको छ । धामी ०७० मा सम्पन्न भएको निर्वाचनमा क्षेत्र नम्बर ३बाट उम्मेदवार बनेका थिए । भने निर्वाचन क्षेत्र नम्बर २(क) बाट वामका महेश दत्त जोशी र काँग्रेसका पुष्कर राज ओझा र (ख) काँग्रेसका बहादुर सिह थापा र वामका लाल बहादुर खडका विच प्रतिस्पर्धा हुने देखिएको हो । 

यस्तै निर्वाचन क्षेत्र नम्बर ३मा काँग्रेसका ०७० मा निर्वाचित रमेश लेखक र वामका डा. दिपक प्रकास भट्टविच प्रतिस्पर्धा हुने देखिएको छ । भने निर्वाचन क्षेत्र नम्बर ३(क)बाट काँग्रेसका तर्फबाट यज्ञराज जोशी वामका तर्फबाट प्रकास रावल र (ख)बाट वामका मान बहादुर सुनार र बेल बहादुर राना विच प्रतिस्पर्धा हुने देखिएको छ । वाम र काँग्रेसका उम्मेदवार यतीबेला चुनावी प्रचार प्रसारलाई तिव्र बनाएका छन् । 

एकै दिन ५ देखि १० सभा भ्याएर भेटघाटलाई निरन्तरता दिएका छन् । वाम र काँग्रेसले कार्यकर्ता भि¥याउने, झण्डा लगाउने विषय होडबाजी चलेको छ । दैनिक जसो दुवै पार्टीले आ-आफ्नो कार्यक्रममा सयौँले प्रवेस गरेको जनाएका छन् । जनताले विगतमा राजनीतिक दलले आफु सामु गरेका बाचा पुरा नगरेको भन्दै दुखेसो समेत पोखिरहेका छन् । नेता उम्मेदवारका कुरा सुन्दै जनताले आशा व्यक्त गरेपनि विश्वस्त भने भएका छैनन् । कञ्चनपुरको ग्रामीण भेगका स्थानीयले सडक कालोपत्रे, खानेपानी सीमा सुरक्षा लगायतका विषयमा उम्मेदवारले आवश्वासन दिएपनि केही नगरेको दुख व्यक्त गरेका छन् ।

निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार यस जिल्लामा १ लाख ३६ हजार ४५१ महिला र १ लाख, २८ हजार ५२३ पुरुष गरि कुल कञ्चनपुरमा जम्मा २ लाख, ६४हजार ९७५ मतदाता छन् । आईतबार पनि कञ्चनपुरका सबै राजनीतिक दल र उम्मेदवारले विभिन्न चुनावी कार्यक्रम गरेका छन् । सोमबार रातीसम्म प्रचार प्रसार गर्ने उम्मेदवार र दलले अन्तिम दिन हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ