arrow

च्याम्पियन्स लिग फुटबलमा अर्को चरण पुग्ने टिमको छिनोफानो हुँदै, आठ भिडन्तमा कोसंग को ?

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
champions-league-trophy.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा मंगलबार राति ८ खेल हुँदैछन् । समुह  ‘ए’ देखि  ‘डी’ सम्मका ८ खेल हुन लागेका हुन् । 

समुह ए को खेलमा पोर्चुगीज क्लब बेनेफिकाले स्विस क्लब एफसी बासलसंग तथा इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडले रसियन क्लव सिएसकेए मस्को खेल्दैछन् । 

म्यानचेष्टर युनाइटेड १२ अंकका साथ शीर्ष स्थानमा छ। मंगलबारकै खेलबाट अर्को चरणमा पुग्ने दुई टिमको छिनोफानो हुँदैछ । बाजल र मस्कोको ९–९ अंक छ । अंकविहिन बेनेफिका बाहिरिएको छ । 

समुह बी को खेलमा स्कटिश सेल्टीकले बेल्जियमको एन्डरलेक्ट तथा जर्मन क्लब वार्यन म्युनिखले फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ।

पिएसजी र बायर्न अर्को चरणमा पुगिसकेका छन् ।

समुह सी को खेलमा इङ्लिस क्लब चेल्सीले स्पेनिस क्लव एथ्लेटिकको मड्रिड तथा इटालियन क्लव एएस रोमाले अजरबैजानको एफके काराबागसंग खेल्दैछ । 

यो समुहबाट चेल्सी अर्को चरणमा पुगिसकेको छ भने एथलेटिको र रोमामध्ये एक टिम अर्को चरणमा पुग्नेछ । 

समुह डी को खेलमा स्पेनिस क्लव बार्सिलोनाले पोर्चुगिच क्लव स्पोर्टिङ लिस्बोनसंग तथा फ्रेन्च क्लब ओलम्पियाकोसले इटालियन क्लव युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ।

११ अंकका साथ बार्सिलोना अर्को चरणमा पुगिसकेको छ भने ८ अंकको युभेन्टस र ७ अंकको स्पोर्टिङ मध्ये एक टिम अर्को चरणमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ