arrow

जेरुशेलम मुद्धामा ट्रम्पको अडान, अरबी नेताहरुको चेतावनी 

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी बनाउनु पर्ने अडानलाई कायमै राखेका छन् । उक्त अडानपछि आक्रोशित बनेका अरबी देशका नेताहरुले अनावश्यक हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी ट्रम्पलाई दिएका छन् ।

ट्रम्पले बुधवारै जेरुशेलमलाई इजरायलको राजधानीको मान्यता दिनसक्ने बताइएको छ । 

ट्रम्पको हस्तक्षेप मान्य नहुनेसमेत अरबी नेताहरुले बताएका छन् । 

राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देश दिइसकेका छन् । 

प्यालेस्टाइनमा चर्को विरोध नै भएको छ । उनको पोस्टरसमेत जलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ