arrow

३ हजार भन्दा बढी सुरक्षाकर्मी र २ हजार ५ सय ९३ कर्मचारी खटाईयो

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ मंसिर २० बुधबार
makawanpur-district.png

हेटौँडा । बिहीबार हुने दोस्रो चरणको  प्रतिनिधिसभा र  प्रदेशसभा निर्वाचनको तयारी मकवानपुरमा पुरा भएको छ । प्रतिनिधि सभा तर्फ २ र प्रदेशसभा तर्फ ४ क्षेत्र रहेको मकवानपुरमा चुनावको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले बताए । मतपत्र, मतपेटीका र अन्य आवश्यक सम्पूर्ण सामग्री  जिल्लाका ३ सय २४ वटै मतदान केन्द«मा पुगिसकेको पौडेलले बताए । 

३ सय २४ मतदान केन्द्र रहेको जिल्ला क्षेत्र नम्बर १ मा १ लाख २४ हजार ७ सय ९९ र क्षेत्र नम्बर २ मा १ लाख३० हजार ८ सय ५ गरी कुल २ लाख ५५ हजार ६ सय चार मतदात संख्या रहेको छ । क्षेत्र नम्बर १को प्रदेशसभा क मा ६२ हजार ८ सय ४३ र ख मा ६१ हजार ९ सय ५६ मतदाता रहेको र क्षेत्र नम्बर २ को प्रदेशसभा क मा ७४ हजार १ सय ५२ र ख मा ५६ हजार ६ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पौडेलले बताए । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी २ हजार ५सय ९३ कर्माचारी खटाईएको पौडेलले जानकारी दिए । त्यसैगरी, बिहिबार हुने निर्वाचनका लागी मकवानपुरको सुरक्षा व्यवस्था चुस्त परिएको मकवानपुरका प्रजिअ चक्र बहादुर बुढाले जनाकारी दिए । प्रजिअ बुढाले ३ सय २४ वटै मतदान केन्द्रका लागि म्यादी प्रहरी सहित ४ वटै सुरक्षा अंगका करिब ३ हजार भन्दा बढी संख्या सुरक्षाकर्मी खटाईएको बताए । 

उनले संभावित घटना हन सक्ने स्थानको र उमेदवारको सुरक्षामा विषेश ध्यान दिईएको भन्दै अपराधिक श्रृखला हुने स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाईएको र अपराधिक गतिविधी र पास विनाको सवारी साधनलाई कडाई गरिने, हवाई र स्थल गस्ति समेत गरिने बताए । त्यसैगरी मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले संभावित घटना भएको र आवश्यक परेको स्थानमा १० मिनेट भित्र सुरक्षा निकाय पुग्ने व्यवस्था मिलाईएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ