arrow

चुनावको अघिल्लो दिन एमाले-माओवादी कार्यकर्ताबीच कुटाकुट

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
bam_gathabandhan.jpg

सल्यान । मौन अवधिकैबीच नेकपा एमाले र माओवादीका कार्यकर्ताहरु एक अर्कामा कुटाकुट गरेको खबर आएको छ । सल्यानको वनगाड कुविन्डे नगरपालिकामा–७ मा केपी ओलीका कार्यकर्ताले पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका हुन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार एमालेका कार्यकर्ताहरुले मंगलबार माओवादीका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका छन् । आक्रमणमा परी माओवादी केन्द्रका स्थानीय नेता जीवन बहादुर ठकुरी, नरेन्द्र सिंह, पर्मिलसिंह शाह घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताइएको छ ।

माओवादी केन्द्र सल्यानले एमालेका प्रदेश सभा ९क० का उम्मेदवार गुलाब जंग शाहको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएको छ । बुधबार विहानैबाट उम्मेदवार शाहको गाउँ समेत रहेका वनगाड कुवेन्डेमा एमाले नेता कार्यकर्ताहरु भेला भएका छन् । सोही नगरपालिकाका मेयर गोविन्द पुनको आजको भेलाको व्यवस्थापन गरेको बताइएको छ । बिहीबार बुथ कब्जा गर्ने योजना बनाउन लागेको माओवादी केन्द्र र नेपाली काँग्रेसले आरोप लगाएका छन् । अन्य जिल्लामा एमाले(माकेबीच चुनावी तालमेल भएपनि सल्यानमा माओवादी केन्द्र चुनौती दिँदै बागी उम्मेदवारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ