- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बम आक्रमणका घाईते भेट्न काँग्रेस नेता गगन थापा अस्पताल पुगेका छन् । सोमबार काठमाडौंको चपलीमा घरदैलोका क्रममा बम आक्रमणमा घाईते भएका कार्यकर्ताहरुलाई भेट्न बुधबार साँझ उनी शिक्षण अस्पताल पुगेका हुन् ।
नेता थापामाथि भएको बम आक्रमणमा उनी सहित ७ कार्यकर्ता घाईते भएका थिए। काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलोका क्रममा उनी माथि बम आक्रमण भएको थियो ।
घाईतेहरुलाई भेटेर थापाले उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । साथै, उनीहरुको पछिल्लो अवस्थाबारे चिकित्सकहरुसँग छलफलगरी उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्न पनि थापाले चिकित्सकहरुसँग आग्रह गरेका थिए ।
बुढानीलकण्ठको चपलीमा भएको बम विस्फोटमा घाइते भएका श्यामकृष्ण श्रेष्ठ, राजकाजी श्रेष्ठ र जयराम लामिछानेलाई भेटेर थापाले स्वास्थ्य लाभको कामना गरेका हुन् ।
घाइतेले भेट्न गएका थापालाई बिरामीहरुले आँफूहरु भोट हाल्न आउने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
‘तपाईँलाई भोट हाल्न आउन पाउनु पर्छ,’ अस्पतालको बेडमै रहेका रामकाजी श्रेष्ठले भने, ‘एम्बुलेन्समै आएर भए पनि भोट हाल्ने धोको छ ।’
थापाले स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दा उनीहरुले जसरी पनि भोट हाल्ने व्यवस्था मिलाउन जिद्दी गरेका थिए।
बिस्फोटमा परेर घाइते भएर सरिरमा अड्कीएको श्यामकृष्णको सरिरबाट सल्यक्रिया गरेर आज प्रेसर कुकरको सिट्ठी निकालिएको थियो ।
श्रेष्ठको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा शल्यक्रिया गरिएको हो ।