arrow

गगनलाई भोट नदेउ भन्दै सुकम्वासी वस्तीमा पैसा बाँड्न हिँडेका एमाले कार्यकर्ता समातिए

मध्यरातमा कपनमा लाग्यो राजन भट्टराईको विरोधमा नारा

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
uml-cader-rajan-bhattarai.jpg

काठमाडौ । निर्वाचनको अघिल्लो दिन बुधबार राती मतदातालाई पैसा बाँड्न हिँडेका काठमाडौं क्षेत्र नं ४का एमाले उम्मेदवार राजन भट्टराईका कार्यकर्ता नियन्त्रणमा परेका छन् ।

काँग्रेस उमेद्वार गगन थापालाई मत नदेउ भन्दै मतदातालाई पैसा दिएर प्रलोभनमा पार्न खोज्ने उनीहरु नियन्त्रणमा परेका हुन्। 

बुढानिलकण्ठमा नेपाली काँग्रेसका कार्यकर्ताले राजन भट्टराईका कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । 

एमालेकोतर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा वडाध्यक्ष जितेका राजु अधिकारीले स्थानीय सुकदेश अधिकारीलाई पैसा दिन थालेपछि उनी सहितका एमाले कार्यकर्ता नियन्त्रणमा परेका हुन् । 

बा १२ च ९५७१को गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । राजनले क्षेत्र नं ४का सुकुम्बासी बस्तीमा पैसा बाँडेको सूचना पाएपछि काँग्रेसका कार्यकर्ताले पछ्याएका थिए ।

गाडी नियन्त्रणमा लिने बेलामा सामन्य झडप भएको थियो । काँग्रेस कार्यकर्ताले बिरोध जनाउँदै राजन भट्टराई विरुद्ध नाराबाजी गरेका थिए । 

गाडीलाई शसस्त्र प्रहरी र जनपथ प्रहरीको रोबहरमा प्रहरीलाई बुझाएको स्थानिय काँग्रेस कार्यकर्ता सुकदेव अधिकारीले बताए । बा १२ च ९५७१को गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ