- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रस नेत गगन थापाले मतदान गर्न बाँकी मतदातालाई मतदान गर्न अपिल गरेका छन् । मतदानको केही घण्टा बाँकि रहँदा थापले यस्तो अपिल गरेका हुन् ।
उनले मतदातालाई जुनसुकै पार्टीलाई मत दिए पनि मतदान गर्न आवह्न गरेका छन् । मतदान गर्ने अधिकार सबैभन्दा ठुलो अधिकार भएको भन्दै थापाले भने, ' यो अधिकारलाई खेर नफालौ । यो मतदानमा सहभागि हुनु भनेको संविधान निर्माण पछाडिको समृद्धि तर्फको यात्रामा म पनि सहभागि छु भनेर अठोट गर्ने अभिव्यक्त गर्ने एउटा तरिका हो र म हिंसाको बिरुद्धमा छु भनेर उभ्याउने बेला पनि हो ।'
थापाले अघिल्लो संविधान सभाको निर्वाचनमा खसेको मतको तुलनामा करिब १५ प्रतिशत कम मतदान भएको बताउदै मतदातालाई मतदान गर्न अपिल गरेका छन् ।