arrow

रोनाल्डोलाई बालोन डि’ओर अवार्ड, गरे मेस्सीको बराबरी

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
ronaldo8.jpg

काठमाडौं। पोर्चुगिच फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले फेरि पनि बालोन डि’ओर अवार्ड जितेका छन्। स्पेनिस फुटबल क्लव रियाल मड्रिडका व्यवसायिक खेलाडी रोनाल्डोले पाँचौं पटक यो अवार्ड जित्ने क्रममा लगातार दोस्रो पटक अवार्ड हात पारेका हुन्। यो जितले रोनाल्डोले अर्जेन्टाइन खेलाडी एवं स्पेनिस क्लवका प्रतिद्धन्द्धी बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरीसमेत गरेका छन्। ३० जना प्रतिस्पर्धी रहेकामा फेरि पनि रोनाल्डो नै अब्बल बनेका हुन्। 

३२ वर्षीय रोनाल्डोले गत सिजनभर रोनाल्डोले कुल ४२ गोल गरेका थिए। मेस्सी भने रनर अप भएका छन् । रोनाल्डोले अवार्ड जित्दा मेस्सी रनरअप हुँदै आएका छन्। ब्राजिलियन स्टार एवं पेरिस सेन्ट जर्मेनका व्यवसायिक खेलाडी नेइमारले तेस्रो स्थानमा चित्त बुझाएका छन्। त्यसैगरी इटालियन खेलाडी एवं युभेन्टसका गोलकिपर जियानलुइगी बुफोन चौथो स्थानमा रहे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ