arrow

मकवानपुर कमल थापा अगाडि, डिना पछाडि 

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् कमवानपुर जिल्लाको प्रतिनिधि सभा तर्फको मत परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक रुझानमा प्रतिनिधि सभा क्षेत्र नं १ तर्फ कूल ११ सय २ मत गन्दा राप्रपाको ५ सय १३ मत आएको छ । यहाँ राप्रपाका अध्यक्ष कमल थापा चुनाव लडेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवारले ४ सय ८४ मत ल्याएका छन् । 

त्यस्तै, सोही क्षेत्रको प्रदेश सभा क तर्फ कूल १२ सय ४६ मत गन्दा काँग्रेसका उम्मेदवारको ४७० मत र माओवादी केन्दैका उम्मेदवारको माके ६ सय ३५ मत आएको छ । प्रदेश सभा ख तर्फ भने १२ सय ७ मत गन्दा काँग्रेसको ५ सय ७२ र एमालेको ५ सय ४७ मत आएको छ । 

त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नं २ मा कूल ९ सय १४ मत गन्दा काँग्रेसका उम्मेदवारको २ सय ७० मत आएको छ । नेकपा एमालेका उम्मेदारको सो क्षेत्रमा ५ सय ९४ मत आएको छ । यहाँ काँग्रेसबाट महालक्ष्मी उपाध्याय डिनाले चुनाव जितेकी छिन् । 

त्यस्तै, प्रदेश सभा तर्फको क मा १७ सय ८६ मत गन्दा काँग्रेसका ५ सय ९४ र माओवादी केन्द्रका उम्मेदवारको १ हजार ८२ मत आएको छ । प्रदेश ख तर्फ भने कूल १३ सय ८ मत गन्दा काँग्रेसका ६ सय ६४ मत र एमालेका उम्मेदवारको ६ सय ६ मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ