arrow

काठमाडौँमा काँग्रेसबाट प्रकाशमान र गगन, एमालेका माधवकुमार र कृष्णबहादुर अगाडि

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौँ ।  प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौँका ४ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा नेपाली काँग्रेस र दुई क्षेत्रमा नेकपा(एमाले) अगाडि रहेको छ ।

आज राति १० बजेको मत परिणामअनुसार काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ८ हजार ३ सय १२, विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार ४ सय २८ र वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अनिल शर्माले ३ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिए ।

यस्तै क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चार हजार ३५६, काँग्रेसका उम्मेदवार दीपकप्रसाद कुईंकेलले दुई हजार २९४ र विवेकशील साझा उम्मेदवार पार्टीका सूर्यराज आचार्यले एक हजार ९०० मत प्राप्त गरेको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत अञ्जन भट्टराईले जानकारी दिए  ।

यसैगरी क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईले चार हजार २४६, नेपाली काँग्रेसका उम्मेदवार अम्बिका बस्नेतले तीन हजार ७५८ र विवेकशील साझाका उम्मेदवारले ८९३ मत प्राप्त गर्नुभएको क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत विना खड्काले जानकारी दिए ।

यस्तै क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले ११ हजार १सय २१, नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराईले ११ हजार ५० र विवेकशील साझाका उम्मेदवार सुबुना बस्नेतले ८ सय ३४ मत प्राप्त गरेको क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ