arrow

काँग्रेसले काठमाडौंमा खाता खोल्यो, क्षेत्र नं १ मा प्रकाशमान सिंह विजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
prakash-_rabindra.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले काठमाडौंमा विजयी सुरुवात गरेको छ । काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये सबैभन्दा पहिले मतपरिणाम सार्वजनिक भएको काठमाडौं क्षेत्र नं १ मा नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह विजयी भएका हुन् । 

उनले कूल  १० हजार नौ सय ३६ मत आउँदा उनका निकटतम प्रतिस्पर्धी १० हजार १ सय १८ मत ल्याउँदै विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र दोस्रो भएका छन् । उनी सिंह भन्दा ८ सय १८ मतले पछि भएका हुन् । 

मुख्य निर्वाचन अधिकारी रमेशराज पोखरेलले मतपरिणाम सार्वजनिक भर्इसकेको भएपनि आाधिकारिक रुपमा घोषणा नभर्इसकेको बताएका छन् । उनले बिहान २ बजे आधिकारिक घोषणा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ