arrow

मोहन विक्रम स‌िंहको आह्वान 'शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गरौं 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
Mohan-Bikram-Singh.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले निर्वाचनमा वाम गठबन्धनले अग्रता लिएसँगै राष्ट्रिय जीवनका समस्याको सम्बोधनका लागि मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणको आवश्यकतामा जोड दिएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्यूठान, बाग्लुङलगायतका जिल्लामा वाम तालमेलमा रहेको जनमोर्चा नेपालको सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार विज्ञप्ती जारी गरी कम्युनिष्ट पार्टीको नेतृत्वमा नै देशमा राष्ट्रिय समस्याको वास्तविक समाधान, मेहनतकश र शोषित उत्पीडित जनताको हितको रक्षा वा राष्ट्रिय विकासको सम्भावना रहेको औँल्याइएको छ । 

शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण सही र क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनीतिक लाइन र संगठनात्मक प्रणालीका आधारमा नै सम्भव हुने भएकाले तत्काल त्यसप्रकारको कम्युनिष्ट पार्टीको निर्माण हुन नसके पनि वामपन्थी शक्तिको एउटा व्यापक मोर्चाको आवश्यकतामा उनले जोड दिएका छन्। 

विकासका पक्षमा वा विदेशी शक्तिको हस्तक्षेपकाविरुद्ध संघर्षका न्यूनतम कार्यक्रम बनाएर काम गर्न सकोस् भन्दै सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिसित पनि मिलेर काम गर्नुपर्ने आवश्यकतामा पनि सो पार्टीले जोड दिएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ