arrow

खोटाङमा भट्टराई विजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
khotang-district.png

खोटाङ । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का विशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गरेका छन्। २०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद्समेत रहेका भट्टराई एमाले बैकल्पिक केन्द्रीय सदस्य छन् । 

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ चैत २२ गते जन्मिएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौँबाट राजनीति शुरु गरेका थिए । २०३९ सालमा सोही विद्यालयमा स्ववियु सदस्य निर्वाचित भएका भट्टराईले काठमाडौँको रत्नराज्य क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ