arrow

काठमाडौं ५ को परिणामः जित पोखरेलको, काँग्रेस र विवेकशीलको मत कति ? 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Ishwor-Pokharel.jpg.jpeg

काठमाडौँ ।  काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । 

निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् ।  

विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले छ हजार ८१३ मत प्राप्त गरेका छन् । 

त्यस क्षेत्रमा ४५ हजार ९१२ मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ