arrow

गुम्यो एक दिवसीय क्रिकेट श्रृंखला, क्लिन स्वीप हुनबाट जोगियो भारत

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Australia-crick-odi.jpg.jpeg
एजेन्सी । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले पाँच खेलको एक दिवसीय श्रृंखला ४–१ ले गुमाएको छ । अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको भारतले चार एक दिवयीय लगातार गुमायो । सिडनी क्रिकेट  ग्राउण्डमा भएको अन्तिम खेलमा खेलको म्यान अफ द म्याच घोषित भएका मनिस पाण्डेले शतकिय पारी खेलेपछि भारत अन्तिम एक दिवसीय जित्दै क्लिन स्वीप हुनबाट जोगियो ।
 
पाण्डेले अविजित एक सय ४ रन जोडे । श्रृंखलामा  सार्वाधिक रन बनाएका भारतीय व्याट्सम्यान रोहित शर्मा ‘म्यान अफ द सिरिज’ घोषित भए । अन्तिम एक दिवसीयमा ९९ रन बनाएका शर्माले श्रृंखलामा सर्वाधिक ४ सय ४१ रन बनाए । प्रतियोगितामा अष्ट्रेलियाका जोन हस्टिङ्गसले सर्वाधिक १० विकेट लिए । अष्ट्रेलियाका डेभिड वार्नरले १ सय २२ र मिचेल मार्शले १ सय २ रन बनाएपनि हार टरेन । भारत २ बल बाँकी छँदै ४ विकेटको गुमाएर ६ विकेटले विजयी भयो । अब अष्ट्रेलिया बसाईमा भारतले ३ ट्वेन्टी–ट्वेन्टी खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ