arrow

उमाकान्त चौधरीले दिए काँग्रेसलाई खुशी 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
Umakanta-Chaudhari.jpg

बारा । बारा निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका उमाकान्त चौधरी विजयी भएका छन् । नेपाली काँग्रेसलाई खुशी दिने क्रममा चौधरीले २४ हजार ४५० मत ल्याइ विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत ल्याएका छन् । 

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ को ख प्रदेशसभा सदस्य पदमा राजपा नेपालका दीपेन्द्र सोनल १३ हजार ११८ मत ल्याइ विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुसुवाहाले पाँच हजार ८९७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ