arrow

स्थानीय तहकाे चुनावमा एक मतदाता बराबर ४९५ रुपैयाँ खर्च

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
Election_-Box.jpeg

काठमाडौँ । स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च–लागत रहेको पाइएको छ ।

निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाका अनुसार स्थानीय तहको  निर्वाचनमा छ अरब ९६ करोड ९३ लाख ७६ हजार ८६६ खर्च भएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो ।

सरकारले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई आठ अरब ७८ करोड, ४९ लाख ७२ हजार १६८ उपलब्ध गराएकामा त्यो बजेटमध्ये ७९ दशमलव ३३ प्रतिशत खर्च भएको आयोगको विवरणमा उल्लेख छ ।

आयोगका अनुसार पहिलो र दोस्रो चरणमा गरी जम्मा छ अरब ३० करोड ३९ लाख नौ हजार ५३८ तथा तेस्रो चरणमा ९३ करोड ८९ लाख ७७ हजार ३२८ जम्मा खर्च भएको थियो ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता खर्च लागत ५२८ रुपैयाँ ६४ पैसा रहेको थियो भने तेस्रो चरणमा त्यो घटेर ३५२.३४ रहेको आयोगले जनाएको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एक करोड १४ लाख सात हजार ४७४ तथा तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाता संख्या कायम थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ