- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चुनाव सकिएलगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताहरु छुटेका छन् । चुनावविरोधी गतिविधिमा संलग्न रहेको भन्दै देशभरीबाट नेकपाका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।
प्रहरीले झण्डै ६ सय १५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये सोमबारसम्म ५ सय जना छुटेका छन् । सार्वजनिक अपराधको मुद्दा चलाइएका अधिकांश नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालयबाट धरौटी बुझाएर छुटेका छन् ।
गम्भीर प्रकृतिका मुद्दा चलाइएकाहरु अझै थुनामा रहेका बताइएको छ । प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी मनोज न्यौपानेले चुनावविरोधी गतिविधिमा संलग्नहरु केही थुनामै रहेका बताए । नेकपाले विष्फोटका घटनामा आफुहरुको संलग्नता नरहेको बताउँदै आएको छ ।