arrow

नेपाली युवा टोलीको लगातर दोस्रो जित

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
u-16_team.JPG

काठमाडौं । १६ वर्ष मुनिको एसियाली क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । थाइल्यान्डमा जारी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोलीलाई हराएको नेपालले दोस्रो खेलमा मंगलबार हङकङलाई ४ विकेटले हरायो ।

टस जितर पहिले व्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । नेपालका प्रतिस जिसीले ३ तथा अजयकुमार लोनियाले २ विकेट लिए ।

८३ रनको चुनौती पछ्याएको नेपालले २४ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि तिर्थराज दासले सबै भन्दा बढी २७ रन जोडे । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बिहीबार म्यानमारसँग खेल्ने तालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ