arrow

६७ नयाँ अनुहार आए प्रतिनिधि सभामा, कुन् पार्टीका को को आए ? (नामावलीसहित) 

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
nepal_parliament.jpg.jpeg

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् ।

एमालेबाट नयाँ अनुहार धेरै निर्वाचित

१६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट धेरै नयाँ अनुहार निर्वाचित भएका छन् । एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय समाजवादीबाट सात, राजपाबाट चार र राप्रपाबाट एकजना नयाँ अनुहारले जितेका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई र नेमकिपाका प्रेम सुवाल पूर्वसांसद हुन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर नवलपरासी पश्चिम १ बाट निर्वाचित हृदयेश त्रिपाठी, कपिलवस्तु २ बाट निर्वाचित बृजेशकुमार गुप्ता र हुम्लाबाट निर्वाचित छक्कबहादुर लामा तीनैजना पूर्वसांसद हुन् ।

चारदेखि ६ पटकसम्म दोहोरिने सांसद

तीनदेखि लगातार ६ पटकसम्म निर्वाचित सांसदले संघीय संसद्मा प्रतिनिधित्व गर्दै छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौँपटक सांसदमा निर्वाचित भएका हुन् । उनी ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित भएका हुन् । कांग्रेस नेता विजयकुमार गच्छदार सुनसरी ३ बाट ०४८ देखि तीनपटकसम्म कांग्रेसबाट र ०६४ र ७० मा फोरमबाट निर्वाचित भए ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल ०५६ बाहेक ०४८ पछिका सबै निर्वाचनमा सांसद बन्दै आएका छन् । हाल उनी पाँचौँपटक सांसद बनेका हुन् । एमाले नेता सुवास नेम्वाङ इलामबाट ०५६ देखि हालसम्म चारपटक र उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चौथोपटक सांसद निर्वाचित भएका छन् । यसअघि रोल्पा तथा दाङबाट चुनाव लड्दै आएका महरा यसपटक दाङ २ बाट निर्वाचित भए । एमालेको चुनाव चिह्न लिएर उठेका बृजेशकुमार गुप्ता चौथोपटक सांसद बनेका छन् । उनी ०५६ मा राप्रपा, ०६४ र ०७० मा सद्भावना पार्टी र हाल सूर्य चिह्न लिएर कपिलवस्तु २ बाट निर्वाचित भएका हुन्।

यी हुन् तीनपटक सांसद बन्ने नेता

गोरखाबाट डा. बाबुराम भट्टराई लगातार तेस्रोपटक सांसद बनेका छन् । उनी दुईपटक माओवादी र एकपटक नयाँ शक्ति पार्टीबाट सांसदमा निर्वाचित भएका हुन् ।

कांग्रेसका प्रकाशमान सिंह काठमाडौं १ बाट लगातार तेस्रोपटक विजयी भएका छन् । माओवादी केन्द्रका जनार्दन शर्मा, एमालेका रवीन्द्र अधिकारी, कांग्रेस महामन्त्री डा. शशांक कोइराला, अभिशेकप्रताप साह लगातार तीनपटक सांसद बन्ने नेता हुन् ।

जो छैटौँपटक  सांसद बन्न सकेनन्

०४८ देखि सांसद निर्वाचित हुँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल यसपटक पराजित भए । पाँचपटक लगातार सांसद बनेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । ०४८ देखि लगातार सांसद बन्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्का यसपटक सुर्खेतबाट पराजित भए ।

पहिलोपटक निर्वाचित सांसद

एमाले

-राजेन्द्र गौतम, संखुवासभा

-गोकुल बास्कोटा, काभ्रे २

-महेश बस्नेत, भक्तपुर २

-नन्दलाल रोकाया, बाँके ३

-तिलक महत, नवलपुर २

-नरबहादुर धामी, कञ्चनपुर २

-पदम गिरी, पर्वत

-यज्ञ बोगटी, अछाम २

-जयकुमार राई, सुनसरी १

-मेटमणि चौधरी, दाङ १

-नवराज रावत, सुर्खेत २

-लीलानाथ श्रेष्ठ, सिरहा ३

-पवित्रा निरौला खरेल, झापा २

-नारदमुनि राना थारू, कैलाली ५

-कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ १

-केदार सिग्देल, तनहुँ २

-हीराचन्द्र केसी, दाङ ३

-नारायण खतिवडा, नुवाकोट २

-राजबहादुर बुढा, दैलेख २

-रवीन्द्रराज शर्मा, दैलेख १

-ध्रुव शाही, सुर्खेत १

-लालप्रसाद साँवा लिम्बू, झापा ४

-जगत विश्वकर्मा, कास्की ३

-राजेन्द्र राई, धनकुटा

-नवराज सिलवाल, ललितपुर १

-कृष्ण राई, काठमाडौं ३

-घनश्याम खतिवडा, मोरङ १

-जीवनराम श्रेष्ठ, काठमाडौं ८

-भूमि त्रिपाठी, धादिङ १

-खेम लोहनी, धादिङ २

-डा. सूर्य पाठक, बाग्लुङ १

-योगेश भट्टराई, ताप्लेजुङ १

-लालबहादुर थापा, बाजुरा

-गोपाल बम, मुगु १

-भूपेन्द्रबहादुर थापा, म्याग्दी

-प्रेमप्रसाद तुलाचन, मुस्ताङ

-पाल्देन छोपाङ गुरुङ, मनाङ

-दीपकप्रकाश भट्ट, कञ्चनपुर ३

-नारायण मरासिनी, स्याङ्जा १

-पद्मा अर्याल, स्याङ्जा २

-झपट रावल, कैलाली २

माओवादी केन्द्र

-सुरेशचन्द्र दास, सिरहा २

-रामेश्वरराय यादव, सर्लाही ३

-गजेन्द्र महत, जुम्ला

-हिमाल किराती, उदयपुर २

-हेमकुमार राई, सोलुखुम्बु

-बिना मगर, कञ्चनपुर १

-महेश्वर गहतराज, बाँके १

-गंगाबहादुर तामाङ, काभ्रे १

-चक्रपाणि खनाल, कपिलवस्तु १

-दुर्गाबहादुर रावत, कालिकोट

-हरि अधिकारी, गोरखा १

कांग्रेस

-प्रमोदकुमार यादव, रुपन्देही ४

-देवप्रसाद तिमल्सिना, रौतहट ४

-मोहन आचार्य, रसुवा

संघीय समाजवादी फोरम

-डा. सुरेन्द्र यादव, महोत्तरी ४

-प्रदीप यादव, पर्सा १

-विमलप्रसाद श्रीवास्तव, पर्सा २

-हरिनारायण रौनियार, पर्सा ३

-उमाशंकर अरगरिया, धनुषा २

-रामबाबु यादव, बारा ३

-डा. सूर्यनारायण यादव, सप्तरी १

राजपा

- रिेशमलाल चौधरी, कैलाली १

-प्रमोद साह, सर्लाही १

-चन्द्रकान्त चौधरी, सप्तरी ३

-एकवाल मियाँ, बारा ४

राप्रपा

-राजेन्द्र लिङ्देन, झापा ३  

(नयाँ पत्रिका दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ