arrow

अध्यादेशका विषयमा विवाद नगर्न नेता नेपालको आग्रह

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
madhav-kumar-nepal.jpg

काठमाडौँ। नेकपा (एमाले) का नेता माधवकुमार नेपालले निर्वाचनको परिणाम आइसकेपछि नेपाली काँग्रेसले विभिन्न अध्यादेशका विषयमा विवाद निकालेर नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको बताएका छन्। साँखुका विभिन्न स्थानमा गरिएको विजय जुलुसपछि आज आयोजित सभामा उनले वाम गठबन्धनको सरकार निर्माण जनताको चाहना भएकाले काँग्रेसलाई जनादेश स्वीकारेर अगाडि बढ्न आग्रह गरे।

मुलुकमा अब गठन हुने सरकारले राजनीतिक स्थिरता कायम गरी विकास निर्माणका कार्यक्रम ल्याउने बताउँदै त्यस कार्यले पाँच वर्षभित्र देशलाई सम्पन्न र समृद्ध बनाउने विश्वास व्यक्त गरे। दैनिक प्रशासनिक कार्य मात्र गर्नुपर्ने अहिलेको सरकारले प्रदेशमा प्रतिनिधि तोक्न नहुनेमा जोड दिँदै उहाँले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गरी राजनीतिकरुपमा बेइमानी गरेको विचार व्यक्त गरे।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता नेपालले साँखुका ऐतिहासिक महत्व बोकेका विभिन्न धार्मिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ