arrow

माओवादी कार्यकर्ताको आक्रमणमा परी नेबिसंघका उपाध्यक्ष बस्ताकोटी गम्भिर घाइते

logo
प्रकाशित २०७४ पुष २ आइतबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ गोरखा जिल्ला उपाध्यक्ष रमेश बस्ताकोटीमाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरि घाइते बनाएका छन् ।

प्रतिनिधि र प्रदेश सभाको चुनाव पश्चात समिक्षात्मक छलफल गर्ने क्रममा विना कारण सुनियोजित तरिकाले वाईसियलका कार्यकर्ताले बस्ताकोटीलाई आक्रमण गरि घाइते बनायएको नेबिसंघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए । 

घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । 

यसैबीच नेपाल विद्यार्थी संघले एक विज्ञप्ती जारी गरेको घटनाको घोर भर्सना गरेको छ ।

महामन्त्री कुन्दनराज काफ्लेले  बिज्ञप्ति मार्फत उक्त घटनाका दोषिलाई तत्काल कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् ।

 ‘मानिसको मौलिकहक माथि जुनसुकै प्रहार पनि नेबिसंघले देशभरीका सम्पूर्ण साथीहरुले प्रतिकार गर्न अपिल गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ