arrow

विवेकशील साझाले दियो सबैलाई धन्यवाद

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
bibeksheel-sajha-party.png

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको  निर्वाचन सम्पन्न गराउने सबै जिम्मेवार निकायहरुलाई  विवेकशील साझा पार्टीले धन्यवाद दिएको छ । आइतवार पार्टीले विज्ञाप्ति जारी गर्दै  'मुलुकको नयाँ संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा र प्रदेशसभा संसदको निर्वाचन संपन्न भइ नतिजा समेत सार्वजनिक भएमा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादित ढंगबाट संपन्न गर्न अहं भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सरकार, मतदाता, राजनीतिक दलहरु आदि सबै जिम्मेवार निकायहरुलाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं।' उल्लेख गरिएको छ ।

 निर्वाचन मार्फत मुलुकको राजनीतिक संक्रमणकाल समाप्त भएर मुलुक नयाँ राजनीतिक दिशातर्फ अग्रसर हुने विश्वास पनि पार्टीले लिएको छ ।


विज्ञाप्तीमा  'विवेकशील साझा पार्टीले पनि यसपटक राष्ट्रिय पार्टी बन्ने लक्ष्य सहित निर्वाचनमा भाग लिएको थियो। तर लक्ष्यको सन्निकट पुगे पनि प्राविधिक रुपमा हामीले निर्धारित लक्ष्य हासिल गर्न सकेनौं। तैपनि भर्खरै आरम्भ गरिएको छोटो राजनीतिक यात्रा, स्थानीय तहसम्म चलायमान सांगठनिक संरचनाको अभाव तथा परम्परागत चुनावी रणनीतिको वर्चश्वको बीचबाट समेत विवेकशील साझाले प्राप्त गरेको विश्वासको मत मूल्यवान र दुरगामी प्रकृतिको मत हो भन्ने कुरामा हामी विश्वस्त छौं।'  लेखिएको छ ।


 प्राविधिक रुपमा राष्ट्रिय पार्टी बन्न चुके पनि आम नागरिकको अपार माया, विश्वास तथा समर्थनले आम नागरिकले विवेकशीललाई राष्ट्रिय पार्टीको दर्जामा राखिसकेको महशुस विवेकशीलले गरेको जनाएको छ  ।  विवेकशीलले मत दिने सम्पूर्ण मतदाताहरुप्रति आभार व्यक्त गर्दै  निर्वाचनमा दिएको मतले पार्टीलाई अझ जिम्मेवार बन्न र आफ्नो लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्न अभिप्रेरित गरिरहने विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ