जेनिशा र चन्दन भए ‘मिस एण्ड मिस्टर थारु’

प्रकाशित मिति : २०७४ पौष ४ मंगलबार , २,०८८ पटक हेरिएको

काठमाडौं।  मिस थारुको पहिलो उपाधि चितवनकी जेनिशा चौधरीले चुमेकी छिन्। सोमबार राजधानीको राष्ट्रिय नाँचघर जमलमा आयोजित अन्तिम प्रतिस्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उपाधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइ दिएकी थिइन्।

यस्तै फस्ट रनरअप बर्दियाकी सम्झना चौधरी र सेकेन्ड रनरअप एरिसा चौधरी भइन्। दुवै रनरअपलाई मिस नेपाल इन्टरनेशनल २०१६ की विजेता वर्षा लेखीले ताज पहिर्‍याइदिएकी थिइन्।

उपाधि जित्‍ने जेनिशाले विजेताले ५० हजार नगद पुरस्कार पाए भने फस्ट रनरअप सम्झनाले २० हजार र सेकेन्ड रनरअप एरिसाले १० हजार पुरस्कार पाइन्।त्यस्तै सोमबारै भएको मिस्टर थारुको उपाधि सप्तरीका चन्दन चौधरीले जितेका छन्।

उनले २० जना प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन्। उनीसँगै फस्ट रनरअप सुभम चौधरी र सेकेन्ड रनरअप प्रद्युमन चौधरी भए। विजेता चन्दनले पनि ५० हजार पुरस्कार पाए भने फर्स्ट र सेकेण्ड रनरअपले क्रमश २० र १० हजार रुपैयाँ पाए।

प्रतियोगितामा वेष्ट वाक आशिष महतो र सम्झना चौधरी, वेष्ट पोसाकमा महेश चौधरी र रिन्कु पन्जियार थारु, वेष्ट कल्चरल रिप्रिजेन्टमा अनुका चौधरी, पब्लिक च्वाइसमा शेखर चौधरी र वेष्ट ट्यालेन्टको उपाधि शुभम चौधरीले जित्‍न सफल भए।

प्रतियोगिताको आयोजना थारु अनलाइन मिडियाले गरेको थियो भने प्रतिस्पर्धीको कोरियोग्राफी निश्मा चौधरीले गरेकी थिइन्।

नयाँ