arrow

क्राउन हिमालयजको क्रिसमस लक्षित नयाँ प्याकेज सार्वजनिक

३ हजार ५ सय मै डिलक्स रुम र ब्रेकफास्ट

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
crown-himalayan-pokhara.jpg

पोखरा। होटल क्राउन हिमालयज पोखराले आउँदै गरको नयाँ वर्ष र क्रिसमसलाई केन्द्रीत गर्दै विभिन्न प्याकेज ल्याएको छ।होटल क्राउन हिमालयजले ४ हजार ५ सय रुपैयाँको डिलक्स रुमलाई तीन हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र विहानीको ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो। होटलले कपललाई उक्त मूल्य निर्धारण गरेको हो।

त्यसैगरी, होटलमा जाने पर्यटकलाई पोखराका पर्यटकीय स्थलको अवलोकन पनि गराउने योजना ल्याएको हो। होटलका कार्यकारी निर्देशक आग्रह अर्यालका अनुसार पोखराको फेवाताल, सारङ्कोट, बेगनासताललगायत विभिन्न ठाउँको अवलोकन समेत गराउने बताए। तर, पर्यटकले त्यसका लागि थप पैसा तिर्नुपर्ने छ। 

धेरैजसो विदेशी तथा स्वदेशी पर्यटक नयाँ वर्ष तथा क्रिसमस नयाँ नयाँ ठाउँ घुम्न आउने भएकाले होटलले यस्तो प्याकेज ल्याएको हो। पोखरा आउने पर्यटकलाई दुइ देखि तीन दिनसम्म राख्नका लागि नयाँ नयाँ गन्तव्यमा घुमाउन लैजाने योजना बनाएको छ।

‘पोखरा आउने पर्यटक कम्तिमा पनि दुईदेखि तीनदिनसम्म बस्न सकुन भन्ने हो,’उनले भने। होटलले विदेशी भन्दा पनि स्वदेशी पर्यटकलाई केन्द्रमा राखेर यस्तो योजना ल्याएको हो। ‘अहिले पोखरामा विदेशीको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या बढ्को छ,’ उनले भने, ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न हामीले यस्तो योजना ल्याएको हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ