arrow

प्रदेश सभा र पोजिसन : समानुपातिकमा एमाले भन्दा ३ सिट मात्रै कम, काँग्रेस दोस्रो पार्टी

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
congress-flag.jpg

काठमाडौं । प्रदेश सभाको प्रत्यक्षमा तेस्रोमा पुगेको नेपाली काँग्रेस समानुपातिकमा पहिलो स्थानको काँग्रेस भन्दा ३ सिटले मात्रै पछि परेको छ । समानुपातिकको २२० सिट मध्ये एमालेले ७५ र ७२ सिट ल्याएको छ ।

प्रत्यक्ष तर्फको ३३० सिट मध्ये एमालेले १६७ मत ल्याउँदा काँग्रेसले जम्मा ४१ सिट ल्याएको छ । प्रत्यक्षमा काँग्रेस एक सय २६ सिटले पछि पर्‍यो । प्रत्यक्ष र समानुपातिक जोड्दा अब काँग्रेसको एक सय १३ सिट भएको छ ।

एमाले एक्लैको प्रत्यक्ष र समानुपातिक गरेर दुई सय ४२ सिट भएको छ । माओवादी केन्द्रको प्रत्यक्ष र समानुपातिक गरेर एक सय ९ सिट भएको छ । काँग्रेस प्रदेशसभामा र प्रतिनिधिसभा दुवैमा अब दोस्रो दल भएको छ । एमाले र माओवादीबीच पार्टी एकता र्भपनि काँग्रेस दोस्रो पार्टी नै रहने छ ।

प्रदेश सभामा संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ । राप्रपा र विवेकशीलले तीन–तीन सिट पाएका छन् । अन्य साना दलले एक–एक सिट हासिल गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ