arrow

इपिएल क्रिकेट : विराटनगरले काठमाडौँलाई हरायो

logo
प्रकाशित २०७४ पुष १० सोमबार
EPL-logo-jpg.jpg

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो। यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

त्यस्तै एक खेलमात्र जितेको काठमाडौँ प्रतियोगिताबाट बाहिरियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले काठमाडौँलाई १४८ रनको चुनौती दिएको थियो । जवाफमा काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो।

विराटनगरले भने २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अंशुमन रथ ३२, कप्तान पारस खड्का २६, अनिल शाह ९ तथा करण केसीले ५ रन जोडे । काठमाडौँका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २÷२ विकेट लिए भने कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले समान १÷१ विकेट झारे।

यता काठमाडौँका लागि भने कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी नरेश बुढाऐर ३०, शुरुवाती ब्याट्सम्यान अमित श्रेष्ठ १७, सिद्धान्त लोहनी १५, सागर पुन १३ तथा सागर कुमारले १२ रन जोडे ।

विराटनगरका अंशुमन रथले ३ विकेट लिँदा वसन्त रेग्मी र रामनरेश गिरीले समान २÷२ विकेट लिए । त्यस्तै करन केसी र पारस खड्काले १÷१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए । उपाधिसहित उनले रु १० हजार प्राप्त गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ