arrow

के गर्ला त राजपाले ? 

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
rajapa.jpg

काठमाडौं । सोमबारलाई तोकिएको बैठकमा नेताहरु नै नआएपछि राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । 

बैठक बिहान ११ बजे पार्टी कार्यालय बबरमहलमा बस्नेछ । 

सोमबारका लागि डाकिएको बैठकमा अध्यक्ष मण्डलका नेताहरु महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेपछि मंगलबारका लागि सारिएको हो । 

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल हुनेछ ।

राजपामा समानुपातिक सांसद छनौटमा विवाद चरम उब्जिएको छ । यस विषयमा समेत छलफल हुँदैछ । 

प्रतिनिधिसभाको प्रत्यक्षमा ११ सिट जितेको थियो । 

संघीय समाजवादी फोरमलाई एमालेको नेतृत्वमा अब बन्न सक्ने सरकारमा लिन सक्ने जनाइँदा राजपाले के गर्ला भन्ने चासो पनि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ