arrow

कञ्चनपुरमा  मानव अधिकार उलङघनका घटना बढ्दै

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष ११ मंगलबार
insec-nepal.jpg

कञ्चनपुर। कञ्चनपुरका एक बर्षको अवधिमा ७४ मानव अधिकार उलङघनका घटना घटेको एक अध्ययनले देखाएको छ। ईन्सेकले सन २०१७ को अवधिमा गरेको अध्ययन अनुसार विभिन्न प्रकृतिका ४७ मानव अधिकार उलङघनमा घटेका घटेका छन्। ईन्सेक कञ्चनपुरले महेन्द्रनगरमा सार्वजनिक गरेको तथ्याङ्कमा सबैभन्दा बढि घरेलु हिंसाका घटना घटेका छन्। 

४८ घरेलु हिंसा र ५ हत्याका घटना घटेका छन्। १ नागरिक अधिकार घाईते, १ गैर कानुनी गिरफ्तार, ७ बाल अधिकार, ३ बलात्कार, १ बहुबिवाह, ८ सम्पत्ती क्षति र १ अमानविय व्यवहार गरि ७३ घटना घटेका हुन्। ईन्सेक कञ्चनपुरका संयोजक कोमलनिन्जन भाटले अझैपनि घरेलु हिंसा न्यूनिकरण नभएको बताए। सबैभन्दा बढि घरेलु हिंसाका घटना घटेका छन्। सुरक्षाकर्मीले सहकर्मीको हत्या गरिएको विषय गम्भिर चिन्ता जनक रहेको बताए। मानव अधिकार संरक्षणका लागि सबै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने उनको भनाई छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठीले अधिकाँस घटना बङग्याएर आउने गर्दा वास्तविक घटना बाहिर नआउने प्रवृतिका कारण पीडितले न्याय नपाएको अवस्था रहेको बताए। वास्तविक घटना मात्रै ल्याउन समेत उनले आग्रह गरेका छन्। मानव अधिकार निरगानी समुह कञ्चनपुरका अध्यक्ष पुनम चन्दले मानव अधिकार उलङघन गर्नेलाई कानुनी कार्बाही गर्नुपर्नेमा जोडदिए। जिल्ला न्यायधिवक्ता खेमराज भट्टले मानव अधिकार उलङघनका घट्नु दुखत भएको बताउदै न्यूनिकरण आवश्यक रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ