arrow

वीरगन्जको सिर्सिया सुख्खा बन्दरगामा किलिंक अन्लोड गर्न भारतीय पक्षको दबाब

किलिंक आयातमा देखिएको समस्या समाधान वारे त्रीपक्षीय छलफल

logo
बिजय चौहान,
प्रकाशित २०७४ पुष ११ मंगलबार
cement-birjung.jpg

वीरगन्ज। भारतबाट किलिंकर आयातमा देखिएको समस्या समाधानका लागि आज वीरगन्जमा त्रिपक्षिय छलफल भएको छ। नेपालका लागि आयात हुने किलिंकर रक्सौल रेलवेयार्डमा अन्लोडिङ्ग गर्न भारत सरकारले रोक लगाएपछि उत्पन्न समस्या समाधानका लागि वीरगन्जको होटल भिष्वामा भारत तथा नेपाल सरकारका प्रतिनिधी र उद्योगि व्यपारी बीच त्रीपक्षीय छलफल भएको हो।

वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह संचालनको जिम्मापाएका हिमाल्यण ट्रमिनल प्रालीले आयोजनामा भएको छलफलमा दुवै देशका उच्च अधिकारीको तहमा छलफल गरी हाल देखिएको समस्या समाधानको प्रयास गर्ने सहमती भएको हो। नेपाली सिमेन्ट उद्योगका लागि भारतको विभिन्न स्थानबाट वीरगन्ज नाका प्रयोग गर्दै आयात हुने किलिंकर, जिपसम लगायतका कच्चापदार्थको कारण राक्सौलका वासिन्दाले ठुलो प्रदुषण खेप्नु परेको भन्दै रक्सौल रेलवेयार्डमा हुँदै आएको अन्लोडिङ्गमा रोक लगाउदै अब उपरान्त वीरगन्जकै सुख्खा बन्दगाह मै अन्लोड हुने निर्णय भारत सरकारले गरेपछि उत्पन्न ताजा परिस्थिती र त्यसको निकास वारे भारत तथा, नेपाल सरकारका प्रतिनिधी र आयातकर्ता बीच त्रीपक्षिय छलफल भएको हो।

वीरगन्जको होटल भिष्वामा आयोजना गरिएको छलफललाई सम्बोधन गर्दै बाणिज्य मन्त्रालयका सह–सचिव रविशंकर सिन्जुले नेपाल सरकारलाई अधिकारीक रुपमा कुनै जानकारी नै नगरी भारत सरकारले रक्सौलनमा हुँदै आएको किलिंकर आन्दोडिङ्गमा रोक लगाउदै वीरगन्जको सिर्सिया स्थित सुख्खा बन्दरगाहमा आन्लोड गर्ने निर्णय गरेको जानकारी दिए। उनले सिर्सिया सुख्खा बन्दरगाहको निर्माण धुलो युक्त बस्तुको ओसारपसारका लागि नभएको बताउदै सहसचिव सिन्जुले हाल देखिएको समस्यलाई सबै मिलि समाधानका उपाय खोज्नु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले नेपालमा संचालित रहेको ६० प्रतिशत भन्दा बढी सिमेन्ट उद्योगका लागि वीरगन्ज नाकाबाटै किलिंकर तथा जिप्सम आयात हुने भएकाले यसको ओसारपसरा गर्ने स्थानको परिर्वतन उच्च तहमा छलफल नगरी गर्न नसकिने बताए। 

कार्यक्रममा कन्टेनर करपोरेशन प्रा.ली भारतका महाप्रबन्धन भि. कल्याण रामाले किलिंकर आयात गर्दा धुलो उडने र प्रदुषण समेत हुने भएकाले उक्त प्रदुषणलाई नियन्त्रण गर्न अब नेपाली आयात कर्ताले प्रति रेक ४ लाख ८० हजार रुपैया अतिरिक्त शुल्क तिर्नु पर्ने जानकारी दिए।

उनले अतिआधुनिक उपकरणको प्रयोग गरी भारतबाट आयात हुने किलिंकरलाई सुख्खा बन्दरगाहमै अन्लोड गर्न सकिने भएपनि आन्लोड भएको ४८ घण्टा भित्रै किलिंकरलाई आयात कर्ताले ढुवानी गर्नु पर्ने बताए। सुख्खा बन्दरगामा ठाउको कर्मी भएपनि भारतबाट आयात गरिएको किलिंकरलाई अन्लोड र ढुवानी गर्न सकिने विचार व्यक्त गरे। 

कार्यक्रममा उपस्थित रहेका सिर्सिया सुख्खा बन्दरगाह भन्सारका प्रमुख सुर्या भारत तथा त्स्रो मुलुकबाट रेल मार्फत आउग हुने ८० रेक माल बस्तुको भार हाल सुख्खा बन्दरगाहले थेक्दै आएको र वर्तमान पुर्वधारले थप ३५ रेक किलिंकरको भार थेक्न नसकिने जानकारी दिए। उनले सुख्खा बन्दरगाहमा स्थानको कमीरहेको र वर्तमान स्थानमै फलामसंगै किलिंकरलाई राख्न नसकिने प्रस्ट पारे। 

सहभागि रहेका नेपालका लागि वीरगन्जमा रहेको भारतीय महाबाणिज्य दूतापाशका महाबाणिज्य दूत वि.सि प्रधानले नेपालका लागि आयात हुँने कच्चा पदार्थबाट उत्पन्न भएको प्रदृषणको मार भारतीयले खेप्नु जायज नभएकाले सुख्खा बन्दरगाहमा किलिंकर अन्लोड गर्ने भारत सरकारले निर्णय गरेको जानकारी दिए। उनले किलिंकरको कारण नै पुरै रक्सौल सहर प्रदुषित भएको र रक्सौलबासिको स्वास्थ्यमा प्रतिकुल असर परेकाले भारत सरकार निर्णय गर्न बाध्य भएको दावी  गरे। 

वीरगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अशोक टेमानीले नेपाल सरकार र नेपाली व्यपारीलाई जानकारी नै नदिई भारत सरकारले गरेको निर्णय कार्यन्वयन गर्न ठुलो समस्या रहेको बताए। उनले वीरगन्जको सुख्खा बन्दरगाहमा किलिंकरको लागि प्रयाप्त स्थान र उपकरणको कमी भएकाले निर्णय कार्यन्वयनका लागि कम्तिीमा नेपाली व्यपारीलाई ६ महिनाको समय दिनुपर्ने जिकिर दिए। 

उद्योग बाणिज्य संघका उपाध्यक्ष सुबोद गुप्ता लगायत सिमेन्ट उद्योगका व्यपारीहरुले एकै चोटी आयातलाई रोक्नु जायज नभएको र नेपाली पक्षलाई व्यवस्थापन मिलाउन समय भारत सरकारले दिनु पर्ने धारणा व्यक्त गरेका थिए।  व्यपारीहरुले १५ दिन भित्र अन्लोडिङ्ग स्थललाई व्यवस्थित गर्न नसकिने भएकाले केही महिनाका लागि १० करोड रुपैया खर्च गरेर भएपनि रक्सौलयार्डमै प्रदुषण नियन्त्रण गरी किलिंकर अन्लोडिङ्ग गर्न भारत सरकारले व्यवस्था मिलाउन आग्रह गरेका  थिए। प्रदुषण नियन्त्रमा लाग्ने दश करोड रुपैया नेपाली व्यपारी तिर्न तयार रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ