arrow

पुनित र आरिफले सुधारे भैरहवालाई, १२८ रनको चुनौती दियो विराटनगरलाई

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
EPL-logo-jpg.jpg

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको फाइनल प्रवेशका लागि पारस खड्काको विराटनगर वारियर्सले १२८ रनको विजयी चुनौती पाएको छ । 

समुह चरणमा अपराजित रहँदै क्वालिफायर राउण्डमा पुगेको विराटनगरले पहिलो क्वालिफायरमा भैरहवा ग्लाडियर्सलाई १२७ रनमा रोक्यो । 

टीयू मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिंग गरेको भैरहवाले ८ विकेटको नोक्सानीमा १२७ रन जोड्न सफल भयो । 

२७ रन जोड्दा ४ विकेट गुमाएको भैरहवाका लागि भारतीय खेलाडी पुनित मिश्र र आरिफ शेखले इज्जत जोगाए । 

आरिफले ३५ बलमा ४६ रन बनाए । पुनितले ३४ बलमा ४९ रन बनाए । 

तेस्रो उच्च स्कोर जोड्ने क्रममा कप्तान सरद भेसावकर ८ रन बनाएर आउट भएका छन् । 

करण केसी र श्रीलंकन खेलाडी सहन अदीशाले २–२ तथा पारस खड्का, अविनाश कर्ण र बसन्त रेग्मीले १–१ विकेट लिएका छन् । 

यो खेल जित्ने टिम सिधै फाइनल पुग्नेछ । पराजित हुने टिमले ललितपुर पेट्रिओट्स र पोखरा राइनोजबीचको विजेता संग फाइनल प्रवेशका लागि खेल्ने अवसर पाउने छ । 

दिउँसो पोखरा र ललितपुर भिड्ने छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ