arrow

रानीपोखरी विवादको दोषी को ? यसो भन्छन् केशव स्थापित

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
keshav-sthapit1.jpg

काठमाडौं । ऐतिहासिक सम्पदा रानीपोखरी पुनर्निर्माणको विवादका दोषी कर्मचारी भएको काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले बताएका छन् । 

काठमाडौं क्षेत्र नम्बर ६ का प्रदेशका सांसदसमेत रहेका एमालेका नेता स्थापितले कर्मचारीहरुकै कारण अलमल भएको बताएका हुन् । 

उनले हाम्रा विज्ञहरु पनि ठाउँ ठाउँमा चुकेको आरोप लगाए । उनले बालगोपालेश्वरको मन्दिर समेत नरहेको बताए । 

उनले भने ‘त्यो बाल गोपालेश्वर रहेनछ, त्यो त अर्धनारेश्वर रहेछ, काँशिनाथ तमोडजीले स्पष्ट पार्नुभएको छ ।’ उनले अगाडि थपे, ‘यस्तोसमेत थाहा नहुने पूरातत्वविद् छन्, त्यो थाहा नहुने बाहिरका विज्ञहरु अनि त्यो थाहा नहुने महानगरपालिकाका कर्मचारी, तिनीहरुलाई कार्वाही गर्नु पर्दैन ?’

हुँदै नभएको चिजलाई हो भनेर जिद्धी गर्नेहरु कार्वाहीका भागेदारी हुनुपर्ने उनको भनाइ छ । 

रानीपोखरीको तल कंक्रिट रहेछ भन्दै स्थापितले अहिलेका मेयर विद्यासुन्दर शाक्यले सिमेन्टले बनाउन थाल्यो भनेर गाली गर्ने केही आधार नरहेको बताए । 

उनले पूरातत्वको काम के हो भन्ने नै नखुलेको बताए । 

उनले थपे, ‘पूरातत्वसंग मेयर शाक्य आउनु भन्दा ६ महिना अगाडि भएको सम्झौता हो । अहिले कर्मचारीेले सम्झाउनु पर्दैन ?’ 

उपमेयर हरिप्रभा खड्कीले लगाएको तालाबारे स्थापितले  भने ‘आफ्नो आँगनको घरको कुरो जानकारी नराख्ने अनि अर्काले उक्साएर ताला लगाउन मिल्छ ?’

उनले थपे, ‘यदि गलत तरिकाले रानीपोखरी बन्दै रहेछ भने त मेयरसंग गएर यस्तो बनाउनु पर्ने रहेछ यसलाई रोकौं पो भन्नुपर्ने त !’

स्थापितले अगाडि थपे, ‘सिमेन्ट भए संरचना भत्किन्छ, जसले नक्सा बनाएको हो त्यसलाई रकम तिराउने हो, हुँदै नहुने कुरा पनि सुझाव दिने हो ?’

स्थापितले रानीपोखरीको जग्गा कुनै पनि हालतले नमिचिने दाबी गर्दैै भने ‘बाहिर कुनै पनि संरचना मिचिदैन, पुरानै प्रविधिमा पानी अडिने विधि बनाउने हो ।’

भूगर्भको सुझाव सम्झदै उनले भने, ‘भुगर्भ विभागले के भन्या रहेछ भने पानी अडिनै सक्दैन, त्यसो हो भने पुरातत्व, भुगर्भ र विज्ञ राखेर निष्कर्ष निकाल्नुपर्यो । जसरी पानी अडिन्छ त्यसरी नै रानीपोखरी बनाउनु पर्यो । 

उनले रानीपोखरी बाहिर पट्टी कुनै पनि हालतमा कफी सप राख्नुपर्ने बताए । कफिसप राखेर कुनै खरावी नहुने उनको दाबी छ ।
 
उनले अगाडि थपे, ‘गणेशमानजीको मूर्ति हटाउनु पर्छ । शान्तिबाटिका मैले तोडेको हुँ फेरि त्यहाँ भीडभाड बनाउनु भएन नेताहरुको मूर्ति राखेर । न्यायनिशाफ चाहियो भनेर म भोलिदेखि नै जनता सामु जान्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ