arrow

चिसोबाट ज्यान जोगाउन कम्बल वितरण

logo
बिजय चौहान,
प्रकाशित २०७४ पुष १३ बिहिबार
cold-terai.jpg

वीरगन्ज। पर्साको पर्सागढी नगरपालिकाका गरिव तथा असहायलाई चिसोबाट जोगाउन बिहिबार कम्बल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति पर्साको अगुवाई तथा नेपाल रेडक्रस सोसाइटी पर्सा र जिल्ला सामुदायिक विकास कार्यालय पर्साको सहयोगमा नगरपालिकको विभिन्न वडामा बसोवास गर्ने ३ सय १० परिवारलाई कम्बल वितरण गरिएको हो।

चार दिन देखी लगातार परेको शितलहरको कारण चिसो बढेसंगै पर्सावासिको जन जिवन कष्टकर बन्दै गएपछि चिसोको कारण कसैको मृत्यु नहोस भन्ने नेपाल सरकारको निर्देशन अनुसार पर्सागढी नगरपालिकामा रहेका ३ सय १० गरिब तथा दलित परिवारलाई एक थानको दरले कम्मदल वितरण गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पैडोलले जानकारी दिए।     

उनले जिल्ला प्रशासन कार्यालयको अगुवाइमा नेपाल रेडक्रस सोसाइटि र नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम अन्तरगत उक्त कम्बल वितरण गरिएको बताए। 

पर्सागढी नगरपालिकका उपमेयर अर्चाना चौधरीको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा पर्साका सहप्रजिअ पौडेल, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक शान्ति कुमार कार्की, रेडक्रस सोसाइटि पर्साका सभापति फुलमहम्द मियाँ र सामुदायिक विकास कार्यालय पर्साकी प्रमुख सोभा महतो लगायतले गरिब तथा दलितहरुलाई सम्बल वितरण गर्नु भएको हो।

कम्बल वितरण कार्यक्रममा सहभागि रहेका महिला तथा पूरुणहरुलाई उपरिक्षक कार्की र कार्यालय प्रमुख महतोले चिसोबाट जोगिनुको साथै चिसोका वेला अपनाउनु पर्ने सावधानीका विषयमा  जानकारी लिदनु भएको थियो। 

जिल्लामा रहेका गरिब तथा दलितहरुले न्यानो कपडाको अभावमा ज्यान नगुमाउन भन्ने उदेश्यका साथ पर्सामा रहेका गाँउपालिकालाई एक सय, नगरपालिकालाई दुई सय र महानगरपालिकालाई ५ सयको दरले कम्बल खरिद गरी वितरण गर्न जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकबाट आग्रह गरिएको  सहप्रजिअ पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ