arrow

किन मुख्यसचिवमाथि खनिए मन्त्रीहरु ? किन भयो मन्त्रिपरिषद् बैठकमा चर्काचर्की ?

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
mantri_parisha_meeting.jpg

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ। 

सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु सचिवहरुले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध खनिएपछि तनाव उत्पन्न भएको थियो।

बैठकको अधिकांश समय यसै विषयमा बित्यो ।

बैठकमा मन्त्री-मन्त्री र मन्त्री-मुख्यसचिवबीच आरोप प्रत्यारोप भएपछि प्रधामन्त्री देउवाले हस्तक्षेप गर्नुपरेको थियो ।

नयाँ प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार मुख्य सचिव रेग्मी र सचिवहरुले काम गरिरहेको तथा आफूहरूलाई नटेरेको आरोप मन्त्रीहरुले लगाएपछि बैठक असहज बनेको थियो। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ