arrow

इङ्गल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको जित, श्रृंखला जोगाउन सकेन

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
England.jpg.jpeg
एजेन्सी  । सेन्चुरियनमा भएको चौथो तथा अन्मि टेष्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । अन्तिम टेस्ट हारे पनि इङ्गल्याण्डले श्रृंखला समग्रमा २–१ ले जितेको छ ।  । टस जितेर पहिले व्याटिङ्ग रोजेको दक्षिण अफ्रिका लागि डेव्यु म्याच खेलिरहेका स्टेफेन कुकको  १ सय १५ रनको मद्दत तथा  अन्य दुई ब्याट्स म्यानसको शतकिय पारीको मद्दतले पहिलो इनिङमा ४ सय ७५ रन जोड्यो । वलिङ्ग तर्फ इङ्गल्याणका वेन स्टोकले सर्वाधिक ४ विकेट लिए ।
 
इङ्गल्याण्डले आफ्नो पहिलो इनिङ्गमा खासै राम्रो प्रदर्शन गर्न नसकेपछि ३ सय ४२ रनमै समेटियो । इङ्गल्याण्डका लागि कप्तान एलेस्टर कुकले ७६ रन बनाउनु बाहेक अन्य ब्याटसम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । इङ्गल्याण्डको व्याटिङ्ग ध्वस्त पार्ने क्रममा अफ्रिकाका कागिशो रवाडाले ७ विकेट लिए भने मोर्ने मर्केलले २ विकेट झारे ।   
 
दोस्रो इनिङमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर २ सय ४८ रन बनाएर इनिङ्ग समाप्तीको घोषणा गरेको थियो । ३ सय १ रनको रनको चुनौती लिएर मैदान उत्रिएको इङ्गल्याण्ड १ सय १ रनमा समेटिएपछि दक्षिण अफ्रिका २ सय ८० रनको भारी अन्तरले विजयी भयो । इङ्गल्याण्डलाई फेरि पनि ध्वस्त पार्ने क्रममा कागिशो रवाडाले केवल ३२ रन खर्चेर  ६ विकेट चट्काए । रवाडा म्यान अफ द म्याच भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी वेन स्टोक रहे । उनले प्रतियोगितमामा ४ सय ११ रन बनाउनुका सार्थ १२ विकेट लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ